प्लास्टिकमा बेरेको अवस्थामा पुरुषको शव फेला, हत्या आरोपमा महिला पक्राउ
बैतडी / प्लास्टिकमा बेरेको अवस्थामा बैतडीको पाटन नगरपालिका-६ मा शव फेला परेको छ । तीन दिनदेखि बेपत्ता रहेका ४५ वीरभानसिंह विष्टको शव सोमबार दिउँसो पाटन पञ्चेश्वर सडकखण्ड अन्तर्गत पर्ने घाङल खोलामा प्लास्टिकमा बेरेर फालेको अवस्थामा फेला परेको हो ।
विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ वर्षीया महिला भागरथी बिष्टको नाममा उजुरी दिएका थिए।
त्यसपछि लगत्तै भागरथीलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भूपाल थापाले जानकारी दिए।
वीरभानको मोबाइल समेत प्रहरी नियन्त्रणमा रहेकी महिलाको साथबाट फेला परेको थियो ।
वीरभान असार १ गतेदेखि बेपत्ता रहेका थिए । पक्राउ परेकी महिलाका श्रीमान्को केही वर्षअघि मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ट्रंकलाइन विवाद : विद्युत् महसुल नबुझाउने उद्योगको लाइन काट्न थालियो
-
२.
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
-
३.
कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या
-
४.
‘दाना’ चक्रवातको असर नेपालमा पनि, यी स्थानमा वर्षाको सम्भावना
-
५.
अन्डर सेभेन्टिन एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै