सडेगलेको अवस्थामा एकजनाको जनाको शव फेला

(तातोखबर) हेटौंडा– मकवानपुरको बकैया गाउँपालिका–-२ स्थित सरस्वती सामुदायिक वनको भीरतल एक जनाको शव फेला परेको छ । शनिबार सरस्वती सामुदायिक वननको वतासेडाँडा स्थित भीरबाट करिब ३ सय मिटर तल एक जना करिब ६० वर्षीय पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो ।

अपरिचित व्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर सोही वडाका वडाध्यक्षबाट पाएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले लाश उठाएको थियो । शवको पोष्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको र सो शवको पहिचान गर्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application