प्रधानमन्त्री प्रचण्ड आज भुकम्प प्रभावित क्षेत्र बझाङ जाँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल आज सुदूरपश्चिम प्रदेशमा जाँदै छन् । गत मंगलबार र बुधबार बझाङलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम प्रदेश जान लागेका हुन् ।
उनले भुकम्पको केन्द्रबिन्दु बझाङमा नै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्नका लागि सरकारी निकायलाई आवश्यक निर्देशन दिने छन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण केन्द्रबिन्दु बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न यसअघि नै निर्देशन दिइसकेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री दाहालले थप राहत र पुनःस्थापनाका लागि तत्काल कार्य अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस