NTC App - Ad

बझाङ उपनिर्वाचन: एकीकृत समाजवादीसहित अन्य ८ उम्मेदवारको धरौटी जफत

bajhang-election-update

तातोखबर, काठमाडौं / बझाङमा सम्पन्न प्रदेशसभा सदस्य उपनिर्वाचनमा एकीकृत समाजवादीसहित ७ उम्मेदवारको धरौटी जफत भएको छ।

सोमबार सम्पन्न मतगणना अनुसार कूल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेकाहरूको धरौटी जफत भएको हो ।

Advertisement:bajhang-election-update

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४मा  ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने ।’ उल्लेख गरिएको छ।

निर्वाचित उम्मेदवारको हकमा भने यो लागू हुने नहुने कानुनी व्यवस्था रहेको छ।

बझाङ १ (१) मा २९ हजार ७ सय ५ सदर मत गणना भएको निर्वाचन आयोगले जानकारी दिएको छ । जसअनुसार धरौटी जफत नहुनका लागि २ हजार ९ सय ७१ मत ल्याउनुपर्थ्यो ।

चौथो स्थानमा रहेका एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले जम्मा २ हजार ५ सय १४ मत मात्र पाएकाले उनको धरौटी जफत हुने भएको हो ।

अन्य धरौटी जफत हुने उम्मेदवारहरूमा राप्रपाका किशोर कुमार खड्का (२४२), जसपाका रामबहादुर जाग्री (३५)  गजेन्द्र बहादुर थापा (३५), दीपकबहादुर खड्का (२८) सुशीला देवी विष्ट (२६), खगेन्द्रबहादुर शाही (२४) र कमल घर्तीमगर (२) रहेका छन् ।

ऐन अनुसार प्रदेशसभा सदस्य उम्मेदवारले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचनमा भाग लिन पाँच हजार रुपैयाँ धरौटी बुझाउनु पर्नेहुन्छ ।

बझाङ १ (१) मा नेकपा एमालेका दमन भण्डारी ११ हजार ६ सय १३ मत ल्याएर उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३ सय ४६ मत ल्याए । तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत प्राप्त गरे ।

११ उम्मेदवार चुनावी मैदानमा रहेकामा ८ जनाको धरौटी जफत भएको छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :