स्थानीय सरकारलाई आफ्नो प्रतिष्ठा बढाएर काम गर्न प्रधानमन्त्री दाहालको सुझाव

वीरगञ्ज, १५ माघ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारको प्रतिष्ठा बढाउनेगरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई सुझाव दिइएका छन् । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो सुझाव दिएका हुन् ।

सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएको गुनासो आउने गरेको भन्दै प्रधानमन्त्री दाहालले भने, “सरकारले पठाएको कर्मचारीलाई हाजिर गर्न नदिएर आफूले रूचाएका कनिष्ठहरू ल्याउने र मनपरी रूपमा निमित्त राख्ने प्रवृत्ति बढेको गुनासो छ । स्थानीय सरकारमा आफूले भनेको मान्ने, आफ्ना नाजायज काममा पनि समर्थन गर्ने कार्यकारी होइन, स्थानीय सरकारको प्रतिष्ठा बढाउने कर्मचारी खोज्नुस् ।”

Advertisement:

स्थानीय सरकार जनताको पहिलो सरकार भएको बताउँदै प्रधानमन्त्री दाहालले जनतासँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्नुपर्ने बताए । उनले भने, “तपाईंहरूले जस्तो नीति तथा कार्यक्रम बनाउनुहुन्छ, जस्तो व्यवहार गर्नुहुन्छ वा सेवाप्रवाह हुन्छ, सोहीअनुसार राज्यप्रति जनताको धारणा भन्ने हो ।” जनतामा प्रवाह हुने नकारात्मक भाष्यलाई चिर्न स्थानीय सरकारले मेहेनत गर्नुपर्ने प्रम दाहालको भनाई छ । प्रधानमन्त्री दाहालले स्थानीय सरकारको काम प्रभावकारी हुँदा आमजनताले सङ्घीय सरकारको आलोचना गर्ने र त्यसबाट सिङ्गो व्यवस्थाप्रति नै नकारात्मक सन्देश जानेतर्फ स्थानीय तहका जनप्रतिनिधिहरुलाई सजग गराए ।

जनतालाई सरल रूपमा बढीभन्दा बढी राम्रो सेवा दिने कुरालाई प्राथमिकता दिएर स्थानीय सरकारले काम गर्नु पर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोड दिए । मधेशका स्थानीय तहहरूमा भ्रष्टाचार र बेरूजु बढी भएको, उपभोक्ता समितिमा आफ्ना नातेदार र आफ्नो पार्टीका मान्छे मात्रै राख्ने गरेको सुनिएको बताउँदै प्रधानमन्त्री दाहालले थपे, “राज्यको प्रचलित नीति र कानुनअनुसार प्रक्रिया पु¥याएर योग्यलाई नदिई आफ्नालाई दिएको गुनासो आउनुभएन ।”

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application