संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने प्रचण्डको सुझाव

काठमाडौं / प्रमुख तीन शीर्ष नेताहरूबीचको राजनीतिक भेटमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने सुझाव व्यक्त गरेका छन्।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तामा प्रचण्डले संवैधानिक निकायमा सम्भव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
बुधबार अपराह्न बस्ने भनिएको बैठक संवैधानिक परिषद्को बैठक भोलि शुक्रबारका लागि सरेको छ। संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलको नेता, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र सर्वोच्च अदालतका प्रधानन्ययाधीश सदस्य रहेका छन्। संवैधानिक निकायहरूका सदस्यहरूको नियुक्ति सिफारिस यसै परिषद्ले गर्ने र सिफारिस व्यक्तित्वहरूको संसदीय सुनुवाइपछि नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस