देशका धेरै ठाउँमा रातभर वर्षा,ठाउँ ठाउँमा बाढीको चेतावनी

काठमाडौं – देशका धेरै ठाउँमा रातभर ठूलो पानी परेको छ । बाहिरिने समयमा मनसुन सक्रिय भएका कारण पूर्वदेखि पश्चिमसम्म नै पानी परेको हो ।
पछिल्लो १२ घण्टामा पाल्पाको अर्चलेमा १ सय ८ र चितवनको देवघाटमा १ सय ७ मिलिमिटर पानी परेको छ । यस्तै गोरखामा ८३, नवलपुरमा ७०, इलाममा ३५, धनकुटामा ३०, काठमाडौंको कीर्तिपुरमा ६०, लमजुङमा ६०, अर्घाखाँचीमा ३५, दाङमा ४० र कर्णाली चिसापानीमा ३० मिलिमिटर वर्षा भएको छ । कास्की, लमजुङ्, गोरखा, पाल्पा, तनहुँ, लगायतका जिल्लामा पनि ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, बाढी सूचना केन्द्रले पनि धनकुटा, गोरखा, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्लाको आसपासका क्षेत्रमा मध्यम देखी भारी बर्षा भएको हुँदा उक्त स्थान भई बहने स-साना खोलामा जलसतह बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने भन्दै चेतावनी जारी गरेको छ ।
गएको सोमबारदेखि परिरहेको झरीले देशभरको जनजीवन प्रभावित हुन थालेको छ । भोलि विहीबारसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । भोलि बेलुकादेखि मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस