उपत्यका लगायतका पहाडी भेगमा चिसो बढ्दै, तराईमा हुस्सु र कुहिरो

काठमाडौं / काठमाडौं उपत्यका लगायतका पहाडी भेगमा आज थप चिसो बढेको छ।
चिसो बढेसँगै पछिल्ला केही दिनदेखि न्यूनतम तापक्रममा रेकर्ड बनिरहेको छ । आज काठमाडौं उपत्यकाको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ।
बिहान मापन भएको तापक्रम यो वर्षकै कम हो ।यसअघि हिजो ३ दशमलव ९ डिग्री सेल्सियस न्युनतम तापक्रम मापन भएको थियो। काठमाडौंमा माइससम्म तापक्रम पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखामा रेकर्ड छ। गत वर्ष भने २ दशमलव १ डिग्री सेल्सियसम्म तापक्रम पुगेको थियो।
तापक्रम घटेपनि आज मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो पनि विराटनगर, जनकपुर र भैरहवा लगायतका स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज वर्षा र हिमपातको भने सम्भवाना नरहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु