नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा चार बजेपछि चुनावी प्रक्रिया शुरु हुने

१६ असोज, पोखरा । नेकपा एमाले गण्डकीको अधिवेशनमा आज चार बजेपछि नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढ्ने भएको छ । हिजो दिउँसो उद्घाटनपछि पोखरा सभागृहमा अधिवेशनको बन्द सत्र चलेको थियो ।
अधिवेशनमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि दिनभरि आठवटा समूह बनाएर समूहगत छलफल गर्ने, महासचिवको सम्बोधन सुन्ने र ४ बजेपछि चुनावी प्रक्रिया अघि बढाउने तयारी रहेको एमाले प्रदेश उपसचिव एवम् प्रचार विभाग प्रमुख रश्मी आचार्यले जानकारी दिए । आज उम्मेदवार दर्ता गर्ने, मतदाता नामावली प्रकाशन गर्ने र बुधवार चुनाव गर्ने तयारी रहेको छ ।
गण्डकी अध्यक्षका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको तर्फबाट अहिलेका अध्यक्ष नवराज शर्मा र महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार बन्ने चर्चा छ । गण्डकीमा ११ जिल्ला र जनसङ्गठनबाट ९ सय ७ जना प्रतिनिधि छन् उनीहरुले १ सय ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस