रैथाने बालीको प्रवर्द्धन गर्दै मकवानपुरगढी जेसीज
हेटौंडा – मकवानपुरगढी जेसीज (प्रस्तावित) शाखा रैथाने बाली तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा जुटेको छ ।
मकवानपुरगढी गाउँपालिकाको रैथाने बालीका रुपमा रहेको कोदो, जुनेलो, फापर जस्ता बालीहरुको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि जेसीज सक्रिय देखिएको हो ।
म्याग्दी जेसीजद्वारा आयोजित नेपाल जेसीज क्षेत्र ‘ख’ अन्तरगत ४३ वटा शाखाको उपस्थितिमा भएको सम्मेलनमा मकवानपुरगढी जेसीजले रैथाने बाली ‘कोदोको पिठो’ उपहार दिनुको साथै प्रचारप्रसार गरेको हो ।
‘कोदो मकवानपुरगढीको रैथाने बाली हो । गाउँपालिकाले कृषकसँग समन्वय गरी कोदोको पिठोलाई ब्राण्डिङ गरेको छ । हामीले गाउँपालिकाको राम्रो कामको सम्मान र कृषकलाई रैथाने बाली उत्पादनका लागि मनोबल बढोस् भन्ने उद्देश्यले प्रचारप्रसार गरेका हौँ ।’ मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीले भने ।
उत्पादित खाद्य सामग्रीको प्रचार प्रसार भएमा त्यसले राम्रो बजार पाउने र राम्रो बजार पाउँदा कृषकलाई उत्साह थपिने कार्यकारिणी उपाध्यक्ष विजय पुडासैनीले बताए ।
रैथाने बालीको प्रवर्द्धनमा जुटेको भन्दै सम्मेलन सभापति रजनी थापाले धन्यवाद दिँदै मकवानपुरगढी जेसीजको प्रसंशा गरिन् ।
कार्यक्रममा मकवानपुरगढी जेसीज (प्रस्तावित) को तर्फबाट अध्यक्ष पुष्पराज पुडासैनी, कार्यकारिणी उपाध्यक्ष विजय पुडासैनी, महासचिव, इरोज न्यौपाने, कानूनी सल्लाहकार, सुवास अधिकारी, कोषाध्यक्ष सुनिल प्रसाद सुवेदी सहभागी थिए । उनीहरुले रैथाने उत्पादनको प्रचार गरेका हुन् ।
मकवानपुरगढी गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तरगत स्थानीय कृषकले उत्पादन गरेको कोदो खरिद गरी ब्राण्डिङ गरेर विक्रि वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष दोर्जे लामाले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

