जेसीज कप फुटबलको तयारी पूरा
मकवानपुर / चैनपुर जेसीज (प्रस्तावित) को आयोजनामा हुन लागेको जेसीज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । चाडपर्वको अवसरमा जेसीजले खुला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । १६ टिम सहभागी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । आयोजकले खेल तालिका समेत सार्वजनिक गरेको छ । पहिलो दिन नै दुई खेल हुनेछ । पहिलो खेल सिमपानी युवा क्लव र मनहरी ४ नम्बर वडा फुटबल टिमको हुनेछ भने दोस्रो खेलमा खरंगा एफसी र हाँडीखोला यूथ क्लव खेल्नेछ ।
युवाहरुको बीचमा भातृत्वको सम्बन्ध स्थापना, चाडपर्वको शुभकामना आदानप्रदान एवम् खेलकुदको विकासका निम्ति प्रतियोगिता गर्न लागिएको चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए । ‘प्रतियोगितामा मकवानपुरका १६ वटा क्लवको सहभागिता रहेको छ । प्रत्येक दिन दुई/दुईवटा खेल हुनेछ । प्रतियोगिताको तयारी करिब पूरा भएको छ’, जेसीजका अध्यक्ष अधिकारीले भने, ‘प्रस्तावित शाखा हौं । प्रतियोगितालाई सभ्य र भव्य बनाउन आवश्यक तयारी गरेका छौं ।’ जेसीजले स्थापनादेखि नै युवा लक्षित विभिन्न कार्यक्रम गर्ने जमर्को गर्दै आएको छ ।
राक्सिराङमा सञ्चालन गर्ने योजना रहेको फुटबल प्रतियोगिता वर्षाका कारण हाँडीखोलामै गर्न लागेको आयोजकले बताएको छ । मनहरी गाउँपालिका–३, हाँडीखोलास्थित लामिटारको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक चैनपुर जेसीजका कार्यकारिणी उपाध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए । विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि करिब साढे ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक जेसीजका महासचिव रविन ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय