रैथाने बाली एवं जैविक विविधता संरक्षण विषायक अन्तरकृया कार्यक्रम सम्पन्न

काठमाडौं, ५ माघ / दोश्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा होमस्टे (घरवास) महासंघ र रैथाने एग्री प्रडक्ट्स नेपाल प्रा.लि.को संयुक्त आयोजनामा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण दीगो उपयोग प्रतिवद्धता’ भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रमका प्रमूख अतिथि बागमती प्रदेशसभका सदस्य प्रेमभक्त महर्जनले रैथाने बाली संरक्षण गर्न सकिएन भने नेपालले कुनै बेला ठूलो खाद्य सङ्कट भोग्नु पर्ने दिन आउन सक्ने चेतावनी दिए । कार्यक्रमलाई सम्बोधन गर्दैे सांसद महर्जनले जैविक विविधता र रैथाने बाली एव विउको विकास गरेर आफनो मौलिक खाद्य प्रणालीलाई जीवित राख्नु पर्नेमा जोड दिए ।

Advertisement:

होमस्टे (घरबास) महासंघका उपाध्यक्ष धनेश्वर वस्यालको सभापतित्वमा राजधानीको कालिमाटीस्थित एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेण्टको सभा कक्षमा सञ्चालित उक्त कार्यक्रमका अतिथि होमस्टे अभियान्ता एवं नेता भीमबहादुर केसीले होमस्टेको विकासँगै रैथाने विउ–बाली तथा जैविक विविधताको संरक्षणसँगै विकास हुन सक्नेमा आफू आशावादी रहेको बताए । यसका लागि होमस्टेलाई देशका दुरदरजामा विस्तार गर्न सक्नु पर्नेमा उनको जोड रहेको थियो ।

त्यसैगरी कार्यक्रममा आयोजकका तर्फबाट रैथाने एग्री प्रडक्ट्स प्रा.लि.का अध्यक्ष तीलक ढकालले रैथाने विउ विजन नष्ट गर्दै आएको आधुनिक विउ विजनको नेपाली बजारले नेपालको खाद्य विकासमा गम्भिर असर पार्दै लगेकोले भोलीका दिनमा ठूलै अनिकाल निम्त्याउन सक्ने अनुमान ब्यक्त गरे । उनले नेपालको मौलिक रैथाने खाद्य वाली तथा रैथाने जीवजन्तुको संरक्षणमा होमस्टेकर्मीहरुको अहम् भूमिका रहने भएकोले यसमा आजैबाट पहल गर्न होमस्टे महासंघलगायतका पर्यटनसम्बद्ध संस्थाहरुले अग्रसरता लिनु पर्ने धारणा प्रस्तुत गरे ।

कार्यक्रममा सहभागीहरुले होमस्टेकर्मीहरुलाई श्रोत र साधन एवं जैविक विविधता संरक्षण गर्न सक्ने वातावरण सृजना गरिदिन सरकार र सरोकारवालाहरुसँग माग गरेका थिए । होमस्टे महासंघका कोषाध्यक्ष सुरज बास्तोलाले सहजीकरण गरेको उक्त कार्यक्रममा झण्डै ४ दर्जनभन्दा बढी होमस्टेकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application