साउदीमा दुई महिनामा ४७ नेपालीको मृत्यु, ७ जनाले गरे आत्महत्या

साउदीअरबमा दुई महिनाको अवधिमा ४७ जना नेपालीको मृत्यु भएको छ। चालु आर्थिक वर्षको साउन १ देखि असोज २ सम्म मात्रै ४७ जनाको मृत्यु भएको साउदीको रियादस्थित नेपाली दूतावासले जनाएको छ।
मृत्यु हुनेमा सबैभन्दा बढी प्राकृतिक कारण देखिएको छ। २५ जनाको प्राकृतिक कारण र सात जनाले आत्महत्या गरेका छन्। पाँच जनाको कार्यस्थल दुर्घटना, तीन जनाको सडक दुर्घटना, दुई जनाको हत्या र एक जनाको डुबेर मृत्यु भएको हो। चार जनाको भने मृत्युको कारण खुलेको छैन।
यो पनि; साउदी अरबमा नेपाली श्रमिकको ‘दुर्दशा’
दूतावासका अनुसार मृत्यु भएकामध्ये ३८ शव नेपाल फर्काइसकेको र बाँकी नौ वटा शव फर्काउने प्रक्रिया भइरहेको छ। गत आर्थिक वर्षमा साउदीमा १७६ जना नेपालीको मृत्यु भएको थियो।
यस्तै, साउदीका विभिन्न अस्पतालमा चार जना नेपाली कोमामा रहेको पनि दूतावासले जानकारी दिएको छ।
साउदीस्थित नेपाली दूतावासका श्रम कन्सुलर देवेन्द्र कार्की साउदीमा नेपालीहरूको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या पनि बढी भएको बताउँछन्। दूतावासका अनुसार साउदीअरबमा ४ लाख भन्दा धेरै नेपाली श्रमिक कार्यरत छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस