चालु आर्थिक वर्षका लागि उड्डयन प्राधिकरणको बजेट सार्वजनिक

काठमाडौं, २१ भदौ/चालु आर्थिक वर्षका लागि नेपाल नागरिक उड्डयान प्राधिकरणले आफ्नो बजेट सार्वजनिक गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ का लागि साढे ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाको बजेट सार्वजनिक गरेको हो ।
प्राधिकरणलाई प्राप्त हुन सक्ने श्रोतका आधारमा उक्त परिमाणको अनुमानित बजेट निर्माण गरिएको जनाईएको छ । यस आर्थिक वर्षका लागि ३६ अर्ब ६६ करोड ६४ लाख रुपैया बराबरको स्रोत प्राप्त हुने र ३६ अर्ब ६६ करोड २ लाख रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ । यसबाट प्राधिकरणको ६२ लाख रुपैयाँ खुद बचत हुने समेत अनुमान गरिएको छ ।
बजेटमा अघिल्लो आर्थिक वर्षको पेश्की मौज्दात र बैंक मौज्दातलाई समेत प्राधिकरणको यस आर्थिक वर्षको स्रोतका रुपमा उल्लेख गरिएको छ भने प्राधिकरणले चालु आर्थिक वर्षमा १५ अर्ब ८८ करोड २५ लाख रुपैयाँ आम्दानी गर्ने बताएको छ । त्यस्तै ऋण, सेयर लगानीका रुपमा ६ अर्ब ६४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
१९ अर्ब ३ करोड ८८ लाख रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी खर्चमा २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ भने कार्यालय सञ्चालन खर्च ४ अर्ब ३४ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । त्यस्तै कर्मचारीको बोनसमा प्राधिकरणको ५ करोड ८९ रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस