राष्ट्रिय युवा नीति र राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम जारी छ : खेलकुदमन्त्री

काठमाडौँ / युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको जानकारी दिएका छन् ।
बिहीवार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।
मन्त्री श्रेष्ठले राष्ट्रिय युवा नीति परिमार्जनका लागि सबै प्रदेशका सरोकारवालासँग पनि सुझाव लिइएको पनि जानकारी दिए। उनले अन्तर्राष्ट्रियस्तरमा पदक विजेता खेडालीहरुको पुरस्कारको राशी बैंकिङ खातामार्फत खेलाडीहरुले पाउने व्यवस्था पनि आफूले मिलाएको बताए।
उनले भने, ‘राष्ट्रिय युवा नीति-२०७२ र राष्ट्रिय खेलकुद नीति २०५७ लाई पुनरावलोकन गर्ने कार्य भइरहेको छ। यी नीतिहरु परिमार्जनका लागि सबै प्रदेशमा गई सरोकारवालाहरुको राय, सुझाव संकलन गरिएकाले युवा र खेलकुदको विषयमा देखिएका समस्या समाधान समाधान हुन्छ भन्ने मेरो विश्वास छ।’
मन्त्री श्रेष्ठले बजेटको सिमितताका कारण खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने गरी काम गर्न नसकिएको पनि स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस