टर्कीमा डढेलो ४ हजार ८० हेक्टर जमिनमा क्षति

काठमाडौं । टर्कीमा दुई दिन यता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको अन्तरास्ट्रिय संचार माध्यमले जनाएका छन् । डडेलो उत्तर-पश्चिमी प्रान्त कनक्कलेमा लागेको थियो ।
बिहीवार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताएका छन् । उनले आगलागीबाट ११ वटा गाउँमा क्षति पुगेको र धेरै घरहरुमा क्षति गरेको बताए । आगो फैलिएसँगै ११ गाउँहरु पूणर्रुपमा खालि गराइएको थियो । डढेलोबाट ४ हजार ८० हेक्टर जमिनमा क्षति पुगेको छ ।
डढेको धुवाँका कारण ९७ जना बिरामी भएका छन् । ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । आगलागी भएको क्षेत्र टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्यस्थल हो । यो पुरानो शहर पनि हो । जुन १९९८ मा युनेस्कोले त्यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस