वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु

Godhawori Forest Fire

 ललितपुर / गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते एकजनाको मृत्यु भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका स्थानीय रमेश पहरीको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।

Advertisement:Godhawori Forest Fire

स्थानीय शंकर पहरीको मंगलबार मृत्यु भएको थियो। वनमा फैलिएको डढेलो अझै पनि नियन्त्रणमा आइनसकेको सुवेदीले बताए। तर वस्तीमा फैलिने जोमिख भने टरेको छ।

ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा केहिदिनदेखि लागेको डढेलो आनन्द वनमा समेत फैलिँदा कुष्ठरोग अस्पतालामा रहेका बिरामीलाई सुरक्षित ठाउँमा सारिएको थियो।

जोखिम कम भएपनि सतर्कता भने अपनाएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application