जलहरीको अंकगणित र नयाँ तथ्य

तातोखबर, संवाददाता । पशुपतिमा असार १० गते साँझ अचम्मको दृश्य देखियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिज्ञ सहितको टोलि पशुपति क्षेत्र भित्र प्रवेश ग¥यो । हिन्दुहरुको आस्था र विश्वासको केन्द्र पशुपति क्षेत्रमा जे भयो त्यो हुनु नपर्ने थियो । त्यहाँ पुजा अर्चनाका लागि देश विदेश बाट दैनिक हजारौँको संख्यामा भत्तजनहरु आउने गर्दछन् ।

भत्तजनलाई ३ बजेदेखि नै भित्र छिर्न रोक लगार्ईएको थियो । त्यहाँ साँझ ६ बजे हुने नियमित पुजा ३ बजे नै गरिएको थियो। त्यसपछि अक्तियार टोलि, स्थानिय जनप्रतिनिधीहरु, सेना, प्रहरि र सरोकारवाला सबैको सहभागितामा त्रिपाल टाँगेर क्याम्प बनाइयो । नयाँ सिसिक्यामेरा पनि जडान गर्न लगाईयो ।
सदन देखि सडक सम्म यो बिषय उठेपछि सहसचिव नेतृत्वको अख्तियार टोलि त्यसको तौलको नापजाँच गर्न पशुपति पुगेको हो ।

Advertisement:

जलहरीको अंकगणित
जलहरीका ११ टुक्रा आईतबार साँझ देखि जोख्न सुरु गरिएको थियो । जसमा सुनका रिङ ३ थान, नाग १ थान जलधारा १ थान, जलहरी ३ थान रहेका छन् । तिनको तौल १०६.४३२५ किलो रहेको छ । यो त जलहरीमा राखिएको सुनको तौल भयो, त्यस बाहेक प्रयोग नभएका सेफमा राखिएको सुन पनि जोखिएको थियो ।
जसमा सु्नका २७ थान किला, सुनको पाता १ थान, तार ७ थान, र टुक्रा सुन ५ थान रहेको छ । यिनको तौल १.०३५७५ किलो रहेको छ । त्यो सब जोड्दा १ सय ७ किलो भन्दा केहि बडि हुन जान्छ । यसले बाहिर हल्लामा आएको जस्तो कुरालाइ पुष्टी गर्न सक्दैन तर त्यहाँ नयाँ तथ्य फेला परेको छ ।

नयाँ तथ्य
यो जलहरी निकाल्दा साक्षि बनेका एक अधिकारीले मिडियामा बताएअनुसार उक्त जलहरिमा १३ जना व्यक्तिको नाम कुँदिएको बताएका छन् । जसमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटन मन्त्री भानुभत्त ढकाल, सदस्य सचिव प्रदिप ढकाल, कोषाध्यक्ष मिलन थापा, व्यापारि मिनबहादुर गुरुङ, केहि पर्यटन मन्त्रालयका कर्मचारिहरु र मन्दिरका भट्टहरुको नाम कुँदिएको छ ।
मिनबहादुर गुरुङ चर्चित ललिता निबास काण्डमा नाम मुछिएका व्यक्ति अनि भाट भटेनिका संचालक हुन् । उनले जलहरिको काममा ३ करोड सहयोग गरेको भने पनि कोषको हिसाबमा उक्त रकम उल्लेख गरिएको छैन । उक्त जलहरीको लागि दाताहरुले धेरै नगद तथा सुन सहयोग गरेका थिए । तर त्यसको कुनै रेकर्ड रहेको छैन ।

प्रतिक्रिया दिनुहोस् :