कैलाश सिरोहियामाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप

काठमाडौँ / नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ।
अब उनी ३ दिन प्रहरी हिरासतमै रहने भएका छन्। यसअघि बुधबार पनि उनलाई धनुषाा जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। मंगलवार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई त्यही दिन धनुषा लगिएको थियो।
आज न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले बताए। जिल्ला सरकारी वकिलको कार्यालयले भने ५ दिन मागेको थियो।
सिरोहिया पक्षका वकिलहरूले गैरकानुनी धरपकड गरेको र मुद्दा थुनामा राख्ने खालको नभएकाले छाड्न माग गरेका थिए। आज अदालतमा पेस हुनु अघि सरकारी वकिलको कार्यालयमा उनीसँग बयान लिइएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस