बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृत फेला

butwal-power

काठमाडौँ  / काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थितमा रहेको बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर विक रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

Advertisement:butwal-power

उनका अनुसार यमनबहादुर आज मृत फेला परेका हुन । उक्त घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application