रामजानकी विवाह महोत्सवको चौथो दिन तिलकोत्सव हुँदै

काठमाडौं / जनकपुरधाममा जारी साताव्यापी रामजानकी विवाह महोत्सवको चौथो दिन बुधबार तिलकोत्सव विधि गरिँदैछ । तेस्रो दिन बिहीबार धनुषयज्ञ सम्पन्न भएसँगै चौथो दिन बुधबार तिलकोत्सव हुने भएको हो।
तिलकोत्सव विधि गर्न दहीचिउरा, खिरपुरी, विभिन्न मिठाइ, फलफूल, लताकपडासहित जानकी मन्दिरबाट भार अर्थात् कोसेलीसँगै बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्छन्। विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात् वरलाई भार लिएर पुगि तिल्काउने अर्थात् टीकाटालो गर्ने विधि हुन्छ।
तिलकोत्सवमा सम्धी मिलन पनि हुने गर्छ। विधिवतरूपमा आइतबार शुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार बाह्रबिघा रङ्गभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो। सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आइतबार साँझ जानकी मन्दिर परिसरमा नगर दर्शन गराइएको थियो। दोस्रो दिन विवाह मण्डपको बगैँचामा फूलबारी लीला दर्शन गराइएको थियो।
अब पाँचौँ दिन बिहीबार मटकोर, छैटौँ दिन जनकपुरकै राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रङ्गभूमि मैदान पुर्याइनेछ। त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ। रामसीता विवाह सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ। – (रासस)
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस