मिथिलाञ्चलमा छठ मनाउनेहरुको भीड

जनकपुरधाम / मिथिलाञ्चलमा छठ मनाउनेहरुको भीड लागेको छ। छठका अवसरमा जनकपुरधामको प्रमुख सरोवरहरुमा आज बिहानैदेखि भीड लागेको हो।
चार दिवसीय छठको पहिलो दिन नहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अघ्र्य तथा चौथो दिन उदाउदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ। छठ पर्वलाई ध्यानमा राखी जनकपुरधामको गंगासागर, धनुषसागर, रुक्मीणी सागर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न सागर, भुतही पोखरी सहितका पोखरीहरुलाई पूजाको लागि विशेष रुपले सजाइएको छ।
छठमा केरा, भुसबा, ठेकुवा, नरिवल, उखु, मुला सहित विभिन्न फलफूल लिएर भक्तजनहरुले सूर्य लाई अघ्र्य दिने गर्छन्। छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ।
घर, परिवारको सुख, शान्ति र समृद्धिका लागि व्रत बसेको व्रतालु महिलाहरु बताउँछन्। आदिकालमा सती अनुसुयाले रोगग्रस्त पतिलाइ निको हुनको लागि भगवान सूर्य र षष्टी देवीको पूजापाठ गरेकी थिइन्।
त्यसैगरी महाभारत कालमा पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवलाई पराजित गर्नका लागि सूर्य देवको उपासना गरी छठ पर्व मनाएकी पौराणिक कालमा उल्लेख रहेको छ।
छठको व्रत बस्नाले दुःख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासको साथ छठ पर्व मनाउने गरिन्छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस