भारत श्रीलंकाविरुद्धको दोस्रो ओडीआई खेलमा पराजित

काठमाडौं / भारत टोली घरेलु क्रिकेट टोली श्रीलंकाविरुद्धको दोस्रो ओडीआई खेलमा पराजित भएको छ।
गएराति सकिएको खेलमा श्रीलंका ३२ रनले विजयी भएको हो। यो जितसँगै श्रीलंकाले ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ। पहिलो खेल टाइ भएको थियो।
श्रीलंकाले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ४२ दशमलव २ ओभरमा अल आउट हुँदै २ सय ८ रन मात्र बनायो।
भारतका लागि कप्तान तथा ओपनर रोहित शर्माले ४४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६४ रन बनाएका थिए । अक्षर पटेलले ४४ बलमा ४४, शुभमन गिलले ३५, वासिङ्टन सुन्दरले १५ रन जोड्न सफल भए।
श्रीलंकाका लागि जेफरी भ्यान्डरसेले १० ओभरमा ३३ रन खर्चिएर ६ विकेट लिए। कप्तान चरिथ असलंकाले ३ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाए।
श्रीलंकाका लागि ओपनर आविष्का फर्नान्डो र कमिन्डो मेन्डिसले समान ४० रन जोडे। दुनिथ विलालागेले ३९, कुशल मेन्डिसले ३०, कप्तान चरिथ असलंकाले २५, अकिला धनन्जयले १५ रन बनाए।
भारतका लागि वासिङ्टन सुन्दरले ३, कुलदिप यादवले २ तथा मोहम्मद सिराज र अक्षर पटेलले समान १ विकेट लिए।
भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम ओडिआई बुधवार हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस