टोखा र ग्वार्को क्षेत्रमा हैजाका बिरामी फेला, संक्रमित संख्या २५ पुग्यो

काठमाडौं / काठमाडौं, ललितपुर र कैलालीमा गरी हैजा संक्रमितको संख्या २५ जना पुगेको छ। अगस्ट २ सम्मको साउनको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को रिपोर्टअनुसार तीन जिल्लाका २५ जनामा हैजाको संक्रमण देखिएको छ।
पछिल्लो समय काठमाडौंको टोखा नगरपालिकामा एकजना र ललितपुरको ग्वार्को क्षेत्रमा २ जना संक्रमित थपिएका छन्। यसअघि नै ललितपुर, कालिमाटी र कैलालीमा गरी २२ जना संक्रमित रहेका थिए। योसँगै ललितपुर काठमाडौं र कैलाली गरी यो वर्ष २५ जना हैजाका संक्रमित थपिएका छन्।
अंग्रेजीमा कोलेरा भनिने हैजा संक्रामक रोग हो। ‘भिब्रियो कोलेरा’ नामको ब्याक्टेरियाको संक्रमणबाट मानिसलाई हैजा हुने गर्दछ । हैजा कडाखालको झाडापखला हो यदि समयमै उपचार गरिएन भने हैजा संक्रमणले जटिल प्रकारको स्वास्थ्य समस्या निम्त्याउने गर्छ।
हैजा प्रायः वर्षाको समय र गर्मीयाममा बढी फैलिने गरेको छ। सरसफाइ र दूषित पानीको अभावले यसको जोखिमलाई बढाउने गर्दछन्। दिसाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ। १५ साउनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजाको संक्रमण देखिएको भन्दै यसबाट सजग र सचेत रहन आग्रह गरेको थियो।
हैजा लागेमा पातलो चौलानी पानीजस्तो दिसा हुने, वाकवाकी लाग्ने, पिसाबको रंग पहेँलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनेजस्ता लक्षणहरु देखिन्छन्। मन्त्रालयले गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन आग्रह गरेको छ। उसले झिँगा लागेका, बासी, सडेगलेका, नपाकेका, चिसिएको खुलास्थानका खाद्य पदार्थ नखान र पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउनसमेत भनेको छ।
साथै, दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात सफा गर्न, व्यक्तिगत तथा खानेकुराको सरसफाइमा विशेष ध्यान दिन र चर्पीको प्रयोग गर्नसमेत आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस