पेरिस ओलम्पिक : प्रिन्स दाहाल आयरल्याण्डका प्रतिस्पर्धीसँग पराजित

काठमाडौं / पेरिस ओलम्पिक- २०२४ को ब्याडमिन्टन प्रतियोगिताअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालका प्रिन्स दाहाल आयरल्याण्डका प्रतिस्पर्धीसँग पराजित भएका छन्।
फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा मंगलबार बिहान सम्पन्न भएको समूह ‘पी’को खेलमा विश्व वरियताको ४३ औँ स्थानमा रहेका आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१-५ को सोझो सेटमा पराजित गरे।
गुयेनले ३५ मिनेटमा नतिजा आफ्नो पक्षमा परेका थिए। पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चेका थिए।
प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा छ र दोस्रो सेटमा ४ अंक जोडेका थिए। आफ्नो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अंक बटुलेका थिए। गुयेनको ओलम्पिकमा यो लगातार दोस्रो सहभागिता हो। उनले टोकियो ओलम्पिक २०२० मा पनि खेलेका थिए।
विश्व वरियतामा १७२ औँ स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो। समूह चरणको पहिलो खेलमा पूर्व जुनियर नम्बर वान प्रिन्स विश्व वरियताको शीर्ष दुई स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१-८ र २१-६ को सोझो सेटमा पराजित भएका थिए।
समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औँ विश्व वरियताका इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्नेछन्। कठिन मानिएको समूह ‘पी’मा प्रिन्ससहित चार खेलाडी छन्। ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यू’ खेल हो।
सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन शुरु गरेयता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस