पाकिस्तानले ४० वर्ष पछि ओलम्पिकमा स्वर्ण पदक जित्यो

काठमाडौं / पाकिस्तानले ओलम्पिक इतिहासमै व्यक्तिगत विधातर्फ पहिलो स्वर्ण पदक जितेको छ। यस्तै पाकिस्तानले ४० वर्षपछि स्वर्ण पदकको खडेरी तोडेको छ।
पाकिस्तानका अरशद नदीमले नयाँ ओलम्पिक कीर्तिमानसहित ज्याभलिन थ्रोमा स्वर्ण पदक जिते। गएराति सम्पन्न खेलमा भारतका साविक स्वर्ण विजेता निरज चोपडालाई पछि पार्दै नदिमले स्वर्ण चुमेका हुन्।
नदीम ट्र्याक एण्ड फिल्डमा स्वर्ण जित्ने दोस्रो दक्षिण एसियाली खेलाडी समेत बनेका छन्। पाकिस्तानले ओलम्पिकमा स्वर्ण जितेको भने यो ४० वर्षयता पहिलो हो।
यसअघि पाकिस्तानले सन् १९६०, १९६८ र १९८४ मा पुरुष हक्कीमा स्वर्ण पदक जितेको थियो।
प्रतियोगिताको समग्र पदक तालिकामा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कांस्यसहित शीर्ष स्थानमा छ। चीन २९ स्वर्ण, २५ रजत र १९ कांस्यसहित दोस्रोमा छ। यस्तै तेस्रो स्थानमा अस्ट्रेलियाको १८ स्वर्ण, १४ रजत र १३ कास्य रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु