अमेरिकालाई स्तब्ध पार्दै पोल्याण्ड ४८ वर्षपछि फाइनलमा

काठमाडौं / जारी पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष भलिबलमा पोल्याण्डले सेमिफाइनलमा अमेरिकालाई पराजित गरेको छ। र, स्वर्ण पदकका लागि फ्रान्ससँग खेल्नेछ।
गएराति दक्षिण पेरिसको एरिना-१ मा भएको सेमिफाइनलमा अमेरिकाविरुद्धको सेमिफाइनल खेलमामा वरियताको शीर्ष स्थानको पोल्याण्ड ४८ वर्षपछि पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको हो।
१० हजारभन्दा बढी समर्थकको उपस्थितिमा रोमाञ्चक भलिबल खेलेका दुवै टोलीको पहिलो चार सेट २-२ को बराबरीमा पुग्यो। पोल्याण्डले अमेरिकालाई पहिलो सेट २५–२३ ले हरायो। दोस्रो सेट २५–२७ ले अमेरिकालाई सुम्पिन पुगेको पोल्याण्ड तेस्रो सेटमा १४–२५ ले निराश बन्यो,चौथो सेटमा खेलमा फर्किएको पोल्याण्डले २५–२३ ले जित्यो। पाँचौं तथा निर्णायक सेट १५–१३ जित्दै पोल्याण्ड फाइनलमा ४८ वर्षपछि खेल्न लागेको हो।
एफआईभीबी विश्व च्याम्पियनशिप (२०१४ र २०१८), भलिबल नेसन्स लिग (२०२३) र युरोपियन च्याम्पियनशिप (२०२३) विजेता पोल्याणड पेरिस ओलम्पिकको पनि स्वर्ण पदकको दाबेदार बनेको छ।
गएराति नै भएको अर्को सेमिफाइनलमा इटालीलाई सोझो सेटमा पराजित गर्दै फ्रान्सले पोल्याण्डसँगको भेट पक्का गरेको हो। डिफेन्डिङ च्याम्पियन फ्रान्सले २५-२०, २५-२१ २५-२१ को सहज जित जित्यो। यी दुईबीच स्वर्ण पदकका लागि पर्सि राति खेल हुनेछ।
महिला तर्फको फाइनल प्रवेशका लागि खेल भने आज राति हुनेछ। राति पौने ८ बजे ब्राजिल र अमेरिका तथा पौने १२ बजे टर्कीए र इटाली आमने सामने हुनेछन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस