पेरिस ओलम्पिक आज सकिँदै, पदकमा चीन र अमेरिकाको कडा प्रतिस्पर्धा

काठमाडौं / समग्रमा लगभग तीन साता लामो खेलकुद पेरिस ओलम्पिक २०२४ आज समापन हुँदैछ।
स्टेड डे फ्रान्समा आयोजित हुने ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।
सेन नदीमा आयोजित उद्घाटन समारोहको विपरित, ओलम्पिक समापन समारोह ८० हजार दर्शक माझ स्टेड डे फ्रान्समा भित्र हुनेछ। समापन समारोहमा खेलाडीहरूको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई सेलिब्रेट गरिने छ।
समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाइने छ भने लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिनेछ।
प्रतियोगिताको अन्तिम दिन चलिरहँदा आजसम्म चीन तालिकाको अगाडि रहेको छ। चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ।
अमेरिकाले हालसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १ सय २२ पदक जितेको छ। तेस्रो स्थानमा यथावत अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १८ कास्य सहित कुल ५० पदक जितेको छ।
पदक तालिकाको चौंथो स्थानमा उक्लिएको जापानले अहिलेसम्म १८ स्वर्ण, १३ रजत र १३ कास्य सहित कुल ४३ पदक जितेको छ। १६ स्वर्ण २४ रजत र २२ कास्य जितेको फ्रान्स पाँचौं स्थानमा छ।
आयोजक फ्रान्सले १४ स्वर्णसहित कुल ६२ पटक हात पारेको छ। दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः सातौ आठौं, र नवौं स्थानमा छन्।
इटाली एक स्थान तल झर्दै १०औं स्थानमा पुगेको छ। पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्ये ९१ देशले कम्तिमा एक पदक जितेका छन्।
ओलम्पिक अन्तर्गत आज थप १३ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस