उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

काठमाडौं / १५ पटक च्याम्पियन बनेको उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा कोलम्बियाले उरुग्वेलाई १-० गोलले हराएको हो। पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई उपाधि नजिक पुर्याउन पर्याप्त बन्यो।
पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो।
त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न सकेन।
कोलम्बियाले पानामालाई ५-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ। कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको छ।
कोलम्बियाले उपाधिका लागि १५ पटकको विजेता अर्जेन्टिनाको सामना गर्नेछ। साविक विजेता अर्जेन्टिना क्यानाडालाई २-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस