पहिरोले कुन-कुन राजमार्ग अवरुद्ध ?

काठमाडौँ / केही दिनदेखि परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा बाढीपहिरो जाँदा राजमार्ग बन्द भएका छन्। राजमार्ग खुलाउन कठिन भएपछि यात्रुहरू बिचल्ली परेका छन्। खोडपे–बझाङ जयपृथ्वी राजमार्ग,बागलुङ–बेनी–जोमसोम सडक, कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
राजमार्गअन्तर्गत कालिकोटको हुल्ममा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले साँझसम्म सडक सञ्चालनमा आउने गरी काम भइरहेको जानकारी दिएका छन्। मध्य पहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी करिडोरका सडक पनि अवरुद्ध छन्।
त्यसैगरी वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक नियमित सञ्चालनका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय बझाङले बैतडी प्रशासनलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताएका छन्।
सिद्धार्थ राजमार्ग भासिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गत राति सडक भासिएको हो। सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस