केपी ओली प्रधानमन्त्री बन्दै, एमालेका मन्त्रीहरुको सामूहिक राजीनामा

काठमाडौं / नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको नेतृत्वमा आठै जना मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका हुन्। कृषि मन्त्री ज्वालाकुमारी साहका अनुसार राजीनामा दिने समय भने एकिन भइसकेको छैन्।
उनले भनिन्, ‘राजीनामा दिने हो तर समयको टुंगो लागेको छैन।’ एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राजीनामा दिने एमालेको अपेक्षा छ।
सत्ता गठबन्धनमा एमाले कांग्रेसको सहमति भएसँगै प्रचण्ड सरकार ढल्नेछ। आजै सरकार गठनका लागि कांग्रेस एमालेले दाबी पेश गर्ने तयारी गरेका छन्। नयाँ सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस