यू-१९ छनोट : बैतडीको दोस्रो जित, डोटी ६ विकेटले पराजित

बैतडी / बैतडीका कप्तान नरेन भट्टको शतकमा वाई वाई यू-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा दोस्रो खेल पनि जितेको छ। दोस्रो जितका क्रममा आज बैतडीले डोटीलाई ६ विकेटले पराजित गर्यो ।
जितका लागि पाएको १६१ रनको लक्ष्य बैतडीले २४ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
जसमा कप्तान नरेनले अविजित १११ रनको शतकीय पारी खेले। नरेन जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।
डोटीका आयुश द्वारिया, प्रकाशराज जोशी, सौर्य श्रेष्ठ र आयुश खड्काले १/१ विकेट हात पारे ।
त्यसअघि परशुराम नगरपालिका-१२ स्थित जोगबुढा रंग मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको डोटी ३८ ओभर ३ बलमा १६० रनमा अलआउट भयो। उसका लागि योगेश सुतारले ४४ र आयुश द्वारियाले ४३ रन बनाए ।
बैतडीका सचिन भट्ट र कल्पेश चन्दले ३/३ र आकाश चन्दले २ विकेट झारे ।
बैतडीका कप्तान नरेन भट्ट खेलका म्यान अफ द म्याच चुनिए ।
यसअघि बैतडीले पहिलो खेलमा दार्चुलालाई २०९ रनको ठूलो अन्तरले पराजित गरेको थियो ।
दोस्रो जितसँगै बैतडी अंकतालिकाको शीर्ष स्थानमा रहँदै फाइनलनजिक पुगेको छ ।
प्रतियोगिता अन्तर्गत बिहीवार बैतडी र डडेल्धुरा भिड्नेछन् ।
जेठ २० गते शुरु प्रतियोगितामा क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए ।
सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो ।
दुवै समूहबाट शीर्ष स्थानमा पुग्ने टोलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए ।
प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस