अपांगता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

तातोखबर, इटहरी / महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अपांगता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने गरी तयारी सरकारले गरेको बताएकी छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपांगता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट संकलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।
अपांगता भएका व्यक्तिहरूका पक्षमा बढीभन्दा बढी काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढिरहेको भन्दै उनले राज्यले अन्ताराष्ट्रियस्तरमा गरेका सन्धि सम्झौताको कार्यान्वयनका निम्ति लागिरहेको बताइन्।
‘हामी आफैले पनि अपांगता भएका व्यक्तिहरूका निम्ति विशेष निगरानीका साथ काम अघि बढाइरहेका छौँ। देशभर भएका अपांगता भएका सबै व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गराउने लक्ष्य लिएका छौँ। त्यसो गर्न सके धेरै राम्रो हुन्छ भन्ने उद्देश्यले हामीले पहल गर्दै आएका छौँ’, मन्त्री चौधरीले भनिन्, ‘यी कुरा यसैपालि पनि सहयोग गर्न सकिन्छ, यदि स्थानीय निकायले सहयोग गर्यो भने‚ ‘स्थानीय निकायको निजी आयस्रोत पनि रहेको छ।’
मन्त्रालयले नयाँ कार्यक्रमका रूपमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ ल्याएको भन्दै मन्त्री चौधरीले विपन्न परिवारका छोरीलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको बताइन्। यो वर्ष पाइलट प्रोजेक्टका रूपमा केही ठाउँबाट शुरु गरिने मन्त्री चौधरीले बताइन्।
यसैगरी मन्त्री चौधरीले पूर्ण रूपमा अपांगता भएका व्यक्तिको संरक्षण गर्ने विषय अहिले जोडतोडले उठेको भन्दै त्यसलाई समाधान गर्न अहिले केही व्यक्तिलाई सहयोगी उपलब्ध गराउने तयारी गरिएको बताइन्।
‘अहिले ११ जनाका निम्ति सांकेतिक रूपमा सहयोग गर्ने कार्य अघि बढाएका छौँ। बाँकी व्यक्तिका निम्ति कार्यविधि बनाएर अगाडि बढ्छौँ’, उनले भनिन्’, ‘अर्थ मन्त्रालयमा फाइल पठाएका छौँ। त्यो सुविधा दिनुपर्ने सम्पूर्णलाई सुविधा दिँदा प्रत्येक वर्ष करिब ६८ अर्ब पैसा चाहिने रहेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस