मकवानपुरका खेलाडीको दुर्घटना बीमा
मकवानपुर – मकवानपुर जिल्ला खेलकुद विकास समितिले १० जना खेलाडीको दुर्घटना बीमा गरेको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिका अध्यक्ष भेष खड्कीले समिति अन्तरगत रहेका खेलाडीको बीमा गरिदिएको जानकारी गराएका हुन् ।
अध्यक्ष खड्कीका अनुसार, समितिले १० जना खेलाडीको प्रतिव्यक्ति पाँच लाखका दरले ५० लाखको सामूहिक दुर्घटना बीमा गरेको हो । आजैबाट लागू हुने उक्त बिमा एक वर्षको रहनेछ ।
यस्तै, अध्यक्ष खड्कीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह स्तरीय प्रतियोगिता आगामी मंसिर महिनासम्ममा हुने जानकारी गराए ।
सो क्रममा काजकिस्तानको अस्तान शहरमा हुने एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा ५० केजी तौल समूहमा छनौट भएकी मकवानपुरकी खेलाडी रोशनी घलानलाई सम्मान गरिएको थियो ।
हेटौंडा उपमहानगरापलिका वडा नम्वर १४ निवासी घलानलाई नगद ८ हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनी नेपालको तर्फबाट बक्सिङ खेल्न जान लागेकी हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
-
२.
कर्मचारीलाई खाजा समय ३० मिनेट
-
३.
खोलाको मापदण्डबारे सर्वोच्चको फैसलाविरूद्ध राजनीतिक दलहरू आन्दोलित
-
४.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
५.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण