नेपाल टेलिकमको मुनाफा साढे पाँच अर्ब

तातोखबर, काठमाडौं / नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार टेलिकमको मुनाफामा सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि तुलनामा कम्पनीको नाफा ३.३५ प्रतिशतले ले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीको नाफा ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ रहेको थियो ।
चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी २५ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष भने कम्पनीले २७ अर्ब ३४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । वित्तीय आम्दानी पनि ५ अर्ब ७० करोडबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ ।
समिक्षा अवधिमा अन्य श्रोतबाट हुने आम्दानी भने १६ करोड ११ लाखबाट बढेर ५३ करोड, चुक्ता पुँजी १८ अर्ब रुपैयाँ, रिजर्भ कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको ४० रुपैयाँ ९ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले बढेर ४१ रुपैयाँ ४४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५१२ रुपैयाँ ९९ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस