NTC App - Ad

टेलिकमले प्राप्त गर्यो जीएसएम सेलुलर मोबाइल लाइसेन्सको अनुमति

नेपाल टेलिकमको नयाँ अफर

२८ वैशाख, काठमाडौं / नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल लाइसेन्सको अनुमति प्राप्त गरेको छ । यसका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २१ करोड रुपैयाँ बराबरको दस्तुर तिरेको छ ।

प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स (अनुमति) दिने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले जानकारी दिएका थिए । योसँगै नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पुनः प्राप्त गरेको हो ।

Advertisement:नेपाल टेलिकमको नयाँ अफर
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :