पोलको भाडा नबुझाउनेको तार टेलिकमले हटाउने

Nepal Telecom

तातोखबर, काठमाडौं / नेपाल टेलिकमले आफ्नो पोल प्रयोग गरी भाडा नतिर्ने केबल टीभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएको छ । टेलिकमले सूचना जारी जेठ महिनाको अन्तिमसम्म भाडा नबुझाए सबै तार हटाउने बताएको छ ।

टीभी र इन्टरनेट कम्पनीहरूले पोल प्रयोग गर्न तुरुन्त सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष २०८०/८१ सम्मको भाडा बापतको रकम  जेठ मसान्तभित्र बुझाउन भनेको छ ।

Advertisement:Nepal Telecom

सम्झौता तथा भाडा भुक्तानी नगरी पोल प्रयोग गर्न सेवा प्रदायकहरूको केबलहरू यस कम्पनीले २०८१ असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वयं नै जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application