सरकारी चिकित्सकले निजीमा काम गर्न नपाउने

तातोखबर, काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई निजी स्वास्थ्य संस्थाहरूमा काम गर्न नपाइने बताएको छ।
कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीले बिदा स्वीकृत गराई वा नगराई स्वदेशका निजी स्वास्थ्य संस्था विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा पूर्णकालीन रूपमा कार्यरत रहेको भन्ने गुनासो आएको भन्दै अबदेखि सरकारी सेवामा रहेका कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थामा काम गर्न नपाउने बताएको हो।
मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीद्वारा जारी अपिलमा यसरी बिदा स्वीकृत गरेर वा नगरेर पूर्णकालीन काम गर्नु प्रचलित कानुन र विधिको प्रतिकूल हुने भन्दै यसबाट पर्न जाने असरप्रति सम्वन्धित व्यक्ति स्वयं जिम्मेवार हुने समेत चेतावनी दिइएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस