एनपीएल : चितवन र लुम्बिनी मैदानमा, चितवनले फिल्डिङ गर्दै

काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल) मा मा चितवन राइनोजले टस जितेको छ।
लुम्बिनी लायसन्ससँगको प्रतिस्पर्धामा टस जितेसँगै चितवनले फिल्डिङ गर्ने निर्णय लिएको छ। यससँगै लुम्बिनीले ब्याटिङको निम्तो पाएको छ।
४ खेलमा चितवनले ३ खेलमा जित निकालेको छ। चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले पाखा लगाएको थियो। तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको चितवनले चौथो खेलमा भने उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पाखा लगाएको थियो।
उता लुम्बिनीले भने हालसम्म खेलका चार वटै खेलमा पराजय व्यहोरेको छ। लुम्बिनी विराटनगर किङ्ससँग २ विकेटले पराजित भएको थियो भने पोखरा एभेन्जर्ससँग १० विकेटले स्तब्ध बनेको थियो। त्यस्तै सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको लुम्बिनी जनकपुर बोल्ट्ससँग १ रनले स्तब्ध बनेको थियो।
दुवै टोलीले यसअघि चार–चार खेल खेलिसकेकामा चितवन पाँचौँ खेलमा चौथो जितको खोजीमा हुनेछ।
पाँचौँ खेलमा चितवनलाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यका साथ लुम्बिनी मैदानमा उत्रँदै छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस