अभिशेष गौतमको एकै ओभरमा ह्याट्रिक विकेट

काठमाडौं / नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले १३७ रनको लक्ष्य पाएको छ।
टस हारेर ब्याटिङका उत्रिएको जनकपुर बोल्ट्सले ९ विकेट गुमाउँदै १३६ रन बनायो। जनकपुरका लागि लागि शुभ कन्सकार २४ रन अविजित रहे। कप्तान अनिल साह ४५, लाहिरू मिलान्था २४, आशिफ शेख १६, हेमन्त धामी नौ हर्ष थाकर र जिम निसम समान एक एक रन, ललित राजवंशी र शेर मल्ल शून्यमा आउट भए।
लुम्बिनीका अभिशेष गौतम तीन, कप्तान रोहित पौडेल र साद विन जफरले समान दुई र सन्दिप जोराले एक विकेट लिए।
जनकपुर जारी एनपीएलमा अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको छ। तर, नेट रनरेटका आधारमा भने तीनै खेल जितेको सुदूरपश्चिम रोयल्सभन्दा पछाडि छ।
प्रतिद्वन्द्वी लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ। तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकामा पनि पुछारमा छ। लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस