कर्णाली याक्सले टस जितेर फिल्डिङ गर्दै

karnali_yaks_shikhar_dhawan_npl

काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध  कर्णाली याक्सले टस जितेको छ।

सोमपाल कामीको कप्तानीमा रहेको याक्सले टस जितेर फिल्डिङ रोजेको छ। यो खेल भारतका शिखर धवन र पाकिस्तानका सोहेल तन्विरबीचको प्रतिस्पर्धा पनि हो। दुवै बायाँ हाते खेलाडीबीचको यो भिडन्त रोचक हुने अनुमान छ। यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजेबाट सुरू हुनेछ।

Advertisement:karnali_yaks_shikhar_dhawan_npl

चितवन एनपीएलमा अपराजित छ। दुई खेलबाट चार अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ। यसअघि चितवनले काठमान्डु गुर्खाजलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

पेस बलर सोहेल तन्विरले चितवनका लागि पावर प्लेमा महत्त्वपूर्ण विकेट लिँदै आएका छन्। दुई खेलमा उनले आठ विकेट लिइसकेका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको पहिलो स्थानमा छन्। रिजन ढकालको नाममा पनि चार विकेट छ। दुवै बायाँ हाते बलर हुन्।

कर्णालीका ब्याटरका लागि तन्विर र रिजन बाधक बन्न सक्छन्। कप्तान कुशल मल्ल, रवि बोपारा, शरद भेषावकर, सन्तोष कार्की, हसन इसाखिल, लुक बेन्केन्स्टाइन लगायतको साथ चितवनलाई छ।

कर्णाली भने जितविहीन छ। दुवै खेल हारेको कर्णाली एनपीएलमा पहिलो जितको खोजीमा छ। कर्णालीले ब्याटिङमा अपेक्षा अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन। ओपनर देव खनाल चल्न नसक्नु कर्णालीको चिन्ताको विषय हो। विदेशी खेलाडी चाडविक वाल्टन, बाबर हायात, जिसान मक्सुद पनि लामो समय क्रिजमा टिक्न सकेका छैनन्। धवनले भने गुर्खाज विरुद्धको अघिल्लो खेलमा पूरै २० ओभर खेलेर अविजित ७२ रन प्रहार गरेका थिए।

गुल्सन झा , अर्जुन घर्तीको प्रदर्शन कर्णालीका लागि महत्त्वपूर्ण हुनेछ।

प्रतिक्रिया दिनुहोस् :