बोलिभियामाथि अर्जेन्टिनाको शानदार जित

अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले बोलिभियामाथि शानदार जित हात पारेको छ।
एष्टाडियो मोन्युमेन्टल एन्टोनियो वेस्पुसियो लिबर्टीमा बुधबार बिहान भएको खेलमा कप्तान लियोनल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिनाले बोलिभियालाई ६-० ले हराएको हो। अर्जेन्टिनाको जितमा मेसीले १९, ८४ र ८६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
लाउटारो मार्टिनेजले ४३औँ मिनेट र जुलियन अल्भारेजले पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरे। ७०औं मिनेटमा नुएल मोलिनाको क्रसमा थियागफ अल्माडाले गोल गरेका थिए । १० राष्ट्रसम्मेलित छनोटमा अर्जेन्टिनाको यो सातौँ जित हो।
जितसँगै अर्जेन्टिनाले १० खेलबाट २२ अंक जोडेको छ । सातौँ स्थानमा रहेको बोलिभियाको भने समान खेलबाट १२ अंक छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस