युरोपा लिगमा एफसी पोर्टो र म्यानचेष्टर युनाइटेडको बराबरी
काठमाडौं / युरोपा लिग फुटबलमा एफसी पोर्टो र म्यानचेष्टर युनाइटेडले ३–३ को बराबरी खेलेका छन्।
बिहीबार राति भएको खेलमा युनाइटेडले २–० को अग्रता जोगाउन सकेन। कप्तान ब्रुनो फर्नान्डेजले ८१औं मिनेटमा रातो कार्ड पाउँदा युनाइटेड १० खेलाडीमा सिमित बन्यो।
युनाइटेडले युरोपा लिगमा खेलेको दुबै खेलमा अंक बाँडेको छ। लगातार खराब प्रदर्शनपछि टोलीको निकै आलोचना पनि भइरहेको छ। टोलीको प्रदर्शन प्रियिमर लिगमा पनि सन्तोषजनक छैन।
युनाइटेडको लागि मार्कोस रसफोर्ड र रास्मस होजुउड र ह्यारी म्यागुइरले गोल गरेका थिए। पोर्टोका लागि सामुएल ओमोरोडिअनले ह्याट्रिक पूरा गरेका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस