इन्द्रजात्रा आजदेखि सुरु
काठमाडौं / काठमाडौं उपत्यकाकै मुख्य पर्वको रुपमा मनाइने इन्द्रजात्रा आजदेखि सुरु हुँदैछ। हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि इन्द्रजात्रा विधिवत रुपमा सुरु हुन्छ। आज बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थानको कार्यक्रम रहेको छ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनागरी परम्परागत शैलीमा मनाइने इन्द्रजात्राको लिङ्गो अर्थात् यःसिं भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीको दिन इन्द्रध्वजोत्थानगरी सुरु हुने इन्द्रजात्रा चौथी अर्थात् इन्द्रध्वज आठ दिनसम्म मनाउने गरिन्छ।
यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ। इन्द्रजात्रा र यःसिं ठड्याउने प्रचलनलाई वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ।
यस वर्ष इन्द्र जात्राको मुख्य दिन असोज १ गते परेको छ। यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरूले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने प्रचलन छ। यस दिन तल्लो टोलमा र असोज २ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ।
असोज ५ गते शनिबार नानिचा यात्रासँगै राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्रा सकिनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय