हनुमत रथयात्रा जनकपुरमा: सन् २०३२ सम्म रथयात्रा पूर्ण हुने

Hanumat-rathyatra-janakpurdham-tatokhabar-tato-khabar-tattatokhabar-onlinekhabar-ratopati-setopati-whitekhabar-hot-news

तातोखबर, जनकपुरधाम / किष्किन्धा (भारतको कर्नाटक राज्य)बाट शुरु भएको हनुमत रथयात्राले शनिबार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना र मन्दिर परिक्रमा गरेको छ ।

बीहीवार धनुषाको जटही नाका हुँदै जनकपुरधाम प्रवेश गरेको  हनुमत रथयात्राले शुक्रबार नगर परिक्रमा गरेको  थियो ।

Advertisement:Hanumat-rathyatra-janakpurdham-tatokhabar-tato-khabar-tattatokhabar-onlinekhabar-ratopati-setopati-whitekhabar-hot-news

शनिबार जानकी मन्दिरमा पूजापश्चात् जनकपुरधामबाट काठमाडौँका लागि प्रस्थान गरेको  छ ।

भगवान् हनुमानको जन्मस्थल भारतको किष्किन्धामा विश्वको सबैभन्दा ठूलो हनुमानको प्रतिमा ७०५ फिटको बनाउने र विशाल धाम निर्माण गर्ने उद्देश्यले निकालिएको रथयात्रा १२ वर्षसम्म चल्ने किष्किन्धाबाट आएका गुरु स्वामीले बताए ।

सन् २०३२ सम्म रथयात्रा पूर्ण हुने भएकाले जानकी माताको पूजाअर्चना गर्न किष्किन्धाबाट गुरु स्वामी र अयोध्याबाट धर्मगुरु शंकराचार्य, गंगाधर पाठक, राष्ट्रिय संयोजक विमलकुमार केडिया, संस्कृति एवं धार्मिक संयोजक केशव सहितका धर्मगुरु जनकपुरधाम आएका छन् ।

शुक्रबार बेलुका जानकी मन्दिरमा रथ हेर्न र पूजा गर्न श्रद्धालुको भीड लागेको थियो ।

त्यसक्रममा मुख्य आचार्य श्री गंगाधर पाठकले इतिहासमै पहिलोपटक हनुमान आफ्नो जन्मभूमिबाट सिधा सीतामाताकहाँ आएकोमा खुसी व्यक्त गरे ।

मुख्य आचार्य श्री गंगाधर पाठकले थाहाकर्मीसँग कुरा गर्दै भने‚ ‘अयोध्यामा निर्माण भएको राम मन्दिर झैँ किष्किन्धामा पनि हनुमान्‌को मन्दिर एवं धाम निर्माण भइरहेको छ ।’

सम्पूर्ण जनकपुरधामवासी एवं नेपालवासीलाई एकपटक किष्किन्धा आएर हनुमान्‌को जन्मस्थलको दर्शन गर्न पनि मुख्य आचार्य श्री गंगाधर पाठकले आमन्त्रण दिए ।

प्रतिक्रिया दिनुहोस् :