गुल्मीमा बडिगाड खोलाले बगाउँदा १६ वर्षीय किशाेर बेपत्ता

काठमाडौं / गुल्मीकाे चन्द्रकोट गाउँपालिका-८ मजुवाका एक किशाेरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन्। मनबहादुर कुमालका छोरा १६ वर्षीय असिम कुमाललाई खोलाले बगाएको हो।
आइतबार बिहान साढे ८ बजेतिर माछा मार्ने क्रममा कुमाललाई बडिगाड खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी, डीएसपी शंकर पोखरेलले जानकारी दिए।
प्रहरी चौकी मजुवाका प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा चार जनाको प्रहरी टोली, सशस्त्र प्रहरी विपत उद्धार बेसबाट सहायक प्रहरी नायब निरीक्षक खडग पेमीको कमाण्डमा सातजनाको टोली र स्थानीयसमेत खोजी भइरहेकाे प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस