राष्ट्रिय पुरुष फुटबल टिमले नयाँ प्रशिक्षक पाउने

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) हालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थालेको छ ।
एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको हो ।
अब नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले नयाँ प्रशिक्षक पाउने भएको हो । त्यसका लागि प्रो-लाइसेन्सप्राप्त प्रशिक्षकको नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको एन्फाको विज्ञप्तीमा उल्लेख छ ।
नेपालले विश्वकप छनोट, एसियन कप छनोट जस्ता खेल खेल्नका लागि प्रो-लाइसेन्स प्राप्त कोच हुनुपर्ने भएकोले नेपालले फेरि विदेशी प्रशिक्षक नै ल्याउनुपर्ने बध्यता छ ।
नेपालमा अहिलेसम्म प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक नभएकाले विदेशी प्रशिक्षक नै ल्याउनुपर्ने भएको हो ।
तत्कालका लागि नेपाली अस्थायी प्रशिक्षक नै राख्ने विषयमा छलफल हुने सम्भावना छ ।
एन्फा प्रवक्ता सुरेश शाहले प्रो-लाइसेन्स प्राप्त कोच नियुक्तिको प्रक्रिया अघि बढाउने र त्यसअघि नेपालकै अस्थायी प्रशिक्षक नियुक्त गरेर काम अघि बढाउने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस