त्रिकोणात्मक टि-ट्वान्टी आई सिरिजमा अमेरिकासँग क्यानडा पराजित

काठमाडौं / नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि-ट्वान्टी आई सिरिजमा क्यानडामाथि अमेरिकाले २० रनको जित निकालेको छ।
अमेरिकाले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो।
क्यानडाका लागि दिलप्रित बाज्वाले ४१ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५६ रन जोडे । श्रेयस मोभ्भाले ३० बलमा ३७, डिलोन हेलिङ्गरले ११ बलमा २० तथा हर्ष ठाकरले १३ रन बनाए । अमेरिकाका नोस्तुश केङजीके, शाड्ली भान र आरोन जोन्सले समान २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल बनाएको थियो।
अमेरिकाका साईतेजा मुकामुल्लाले २७ बलमा ८ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५२ रन जोडे । हरमित सिंहले २४, कप्तान मोनांक पटेलले १६, आन्द्रेस गौसले २१, नितिश कुमारले १४ तथा सयन जाहाङ्गीर र शाड्ली भानले समा १५ रन बनाए।
क्यानडाका लागि साद विन जाफरले ३, डिलेन हेलिङ्गरले २ तथा कलिम सानाले १ विकेट लिए।
सिरिजको छैटौं तथा अन्तिम खेलमा बुधबार नेदरल्यान्ड्स र अमेरिकाबीच खेल हुँदैछ। त्यो खेलको विजेता टोलीले नै सिरिज जित्नेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस