साफ यू-२० : दुवै सेमिफाइनल खेल सातदोबाटोमै हुने

ललितपुर / साफ यू-२० च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा घरेलु टोली नेपालले आइतबार समुह ‘बी’को उपविजेता भुटानसँग प्रतिस्पर्धा गर्दैछ।
खेल आइतबार दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ। नेपाल समूह ‘ए’ को विजेता हो ।
समूह चरणको खेलमा नेपालले श्रीलंकालाई १-० ले तथा बंगलादेशलाई २-१ ले हराएर समुह विजेता बनेको थियो। भुटानले भने पहिलो खेलमा भारतसँग १-० को हार बेहोर्दा दोस्रो खेलमा माल्दिभ्सलाई २-० ले हराउन सफल भएको थियो।
यसअघि समूह बि को अन्तिम खेलमा शुक्रबार भारतले माल्दिभ्सलाई १–० ले हराएपछि , सेमिफाइनलमा नेपालले भुटानसँग खेल्ने पक्का भएको थियो।
अर्को सेमिफाइनलमा सोमबार समूह ‘बी’ को विजेता भारत र समूह ‘ए’ को उपविजेता बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। अघिल्लो संस्करणमा यी दुई टोलीबीच उपाधिका लागि भिडन्त भएको थियो, जुन खेलमा भारत विजयी भएको थियो।
फाइनल खेल भने आगामी बुधबार हुनेछ।
दुवै सेमिफाइनल खेल सातदोबाटोमै हुने
यसअघि सेमिफाइनल र फाइनल दशरथ रंगशालामा खेलाउने भनिए पनि रंगशालाको मैदानको अवस्थालाई हेरी सेमिफाइनल खेल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै गराउन लागिएको छ।
एन्फा प्रवक्ता सुरेश साहका अनुसार दशरथ रंगशालाको मैदानको अवस्थालाई हेरेर अब सेमिफाइनलका दुवै खेल सातदोबाटोमै खेलाइने भएको छ। फाइनल खेल भने रंगशालामा खेलाउने हाम्रो तयारी हो, तर ग्राउण्डको अवस्था उस्तै रहेमा फाइनल खेल पनि सातदोबाटोमै हुन सक्छ’, उनले भने, ‘यस्तो उमेर समूहको ठूलो प्रतियोगिता रंगशालामा गर्न नपाउँदा हामीलाई दु:ख लागिरहेको छ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस