लालिगाको पहिलो दुवै खेल बराबरी

काठमाडौं / लोकप्रिय स्पेनिस लालिगा सिजन २०२४–२५ सुरु भएको छ। गएराति भएको उद्घाटन खेलमा गेटाफे र एथलेटिकले बराबरी खेल्दै अंक बाँडेका छन्।
एस्टाडियो डे सान मामेसमा गएराति सम्पन्न सिजनको पहिलो खेलमा गेटाफे र एथलेटिक क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
क्रिस्टेन्टस उचेले दोस्रो हाफमा बराबरी गोल फर्काएपछि गेटाफे एथलेटिक क्लबलाई बराबरीमा रोक्न सफल भयो। योसँगै दुवै टोलीले एक अंकका साथ नयाँ सिजनको सुरुवात गरेका छन्।
एथलेटिकले पछिल्लो पाँच सिजन आफ्नो पहिलो खेल जित्न सकेको छैन भने गेटाफेले पनि लगातार ४ सिजन आफ्नो पहिलो खेल जितेको छैन।
गएरातिनै सम्पन्न सिजनको दोस्रो खेलमा रियाल बेटिस र जिरोनाले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस